PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

संविधान संशोधनबारे निर्णय लिन कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक



पहिलोपोस्ट

संविधान संशोधनबारे निर्णय लिन कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ।

सभापति शेरबहादुर देउवाले जेठ १७ गते शनिवार दिउँसो १ बजेलाई बैठक आह्वान गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन्।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर जारी गरिएको नयाँ नक्सालाई संविधानको अंग बनाउनका लागि संविधान संशोधनबारे निर्णय गर्न कांग्रेसले बैठक बोलाएको हो।

सरकारले विधेयक तयार पारिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मंगलवारको सर्वदलीय बैठकमा कांग्रेसले संविधान संशोधनको निर्णय केन्द्रीय समितिबाट गराउन समय मागेको थियो।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि १७ गते बैठक डाँकिएको जानकारी दिएका छन्।

उनले कांग्रेसको धारणा सार्वजनिक तथा ब्याख्या गर्न कम्युनिस्ट सरकारका केही मन्त्री या कोही मुख्यमन्त्रीलाई `सहायक प्रवक्ता´ नियुक्त नगरिएको भन्दै व्यंग्यात्मक विरोध पनि गरेका छन्।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कांग्रेसकै आग्रहमा संशोधन विधेयक रोकिएको भनेपछि प्रवक्ता शर्माको यस्तो अभिव्यक्ति आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell