PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

इन्स्पेक्टरदेखि जवानसम्म १९ जनामा कोरोना सङ्क्रमण, बारामा सबैभन्दा धेरै



पहिलोपोस्ट

 इन्स्पेक्टरदेखि जवानसम्म १९ जनामा कोरोना सङ्क्रमण, बारामा सबैभन्दा धेरै

काठमाडौः एक सातादेखि महानगरीय प्रहरी वृत्त कालीमाटी सिल छ। त्यहाँ कार्यरत दुई प्रहरीमा कोरोना पोजेटिभ देखिएपछि वृत्त नै सिल गरिएको हो। कालीमाटी अन्तर्गतका प्रहरी प्रभागमा कार्यरत तथा अन्य सङ्क्रमितसँग सम्पर्कमा आएका २ सय ३१ जनाको स्वाब लिएर परीक्षण गरिएको छ। तर रिजल्ट आइसकेको छैन।

बुधवार स्वास्थ्य मन्त्रालयले दिएको औपचारिक जानकारी अनुसार देशभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८ सय न ८६ पुगिसकेको छ। जसमा नेपाल प्रहरीका कर्मचारी समेत रहेका छन्। लकडाउनको समयमा ड्युटीमा खटिएका प्रहरीमा सङ्क्रमित भएका हुन्।

अहिलेसम्म १९ जना प्रहरीमा सङ्क्रमण देखिएको छ। सङ्क्रमण भएकामा प्रहरी निरीक्षकदेखि जवानसम्म रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार अहिलेसम्म बारामा सबैभन्दा धेरै कोरोना सङ्क्रमित फेला परेका छन्। बारामा ७ जना प्रहरीमा कोरोना पोजेटिभ दिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी नीरज शाहीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख एसपी उमाशङ्कर चतुर्वेदीका सुरक्षा गार्ड र चालकलाई समेत कोरोना सङ्क्रमण देखिएको छ। सिराहामा अहिलेसम्म उनीहरू दुई जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो। उनीहरू ड्युटीमा रहेको समयमा नै सङ्क्रमण फैलिएको छ। उनीहरूमा कहाँबाट सङ्क्रमण फैलियो भन्ने खुल्न नसकेको एसपी चतुर्वेदीले बताए। त्यही कार्यालयमा काम गर्ने भान्से प्रहरीलाई भने कोरोना देखिएन।

त्यस्तै कपिलवस्तुमा २,  धनकुटामा २, बाँकेमा १, धनुषा २, काठमाडौँमा २, सप्तरीमा १ गरेर १९ जनामा कोरोना देखिएको हो। उनीहरूलाई उपचार भइरहेको डिआइजी शाहीले जानकारी दिए। त्यस्तै प्रहरीमा सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि उच्च सतर्कता अपनाएर काम गर्ने निर्देशन दिइसकिएको छ।

तर शान्ति सुरक्षा कायम गर्नदेखि लकडाउन पालना गर्नसमेत खटिनु पर्ने भएकाले मानिसको प्रत्यक्ष सम्पर्कमा रहँदा कोरोना सङ्क्रमित हुने जोखिम उतिकै देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell