PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पानीको स्रोत सफा गर्दै मनाइयो सिथी नख:

पानीको स्रोत सफा गर्दै मनाइयो सिथी नख:

अमित मचामसी/पहिलोपोस्ट


आज सिथी नख:। नेवार समुदायमा पानीको स्रोत सफा गर्दै यो चाड मनाउने गरिन्छ। यसदिन उपत्यकामा विभिन्न स्थानमा पानीका मुहान, इनार, कुवा, पोखरी, दुंगेधारा लगायतका पानीको स्रोतहरु सफा गर्ने चलन छ।अहिलेको समयमा पानीका स्रोत र मुहानहरुमा पानीको सतह कम हुने गर्छ। वर्षभरी फोहोर जम्मा भएका स्रोतहरु सफा गर्न अहिले सजिलो हुन्छ। त्यसैले वर्षको अन्तिम चाडका रुपमा नेवारहरु आफ्नो नजिकका पानीको स्रोत र मुहान सफा गर्ने गर्छन्।

यो पर्वसँगै वर्षा सुरु हुने र किसानहरु धान रोपाइमा व्यस्त हुने मान्यता रहेको छ। त्यसैले किसानहरु अबका दिनमा खेतमै व्यस्त हुने हुँदा वर्षातका बेला बगेर आउने भेल र फोहोरले पानीको स्रोत दुषित हुनबाट बचाउन आज पानीको स्रोत सफा गर्ने गरेको बताउँछन् संस्कृतिविद् ओम धौभडेल। लिच्छवीकालदेखि सुरु भएको सिथी नख: पानीको महत्व र त्यसको स्रोतको संरक्षणबारे मानिसलाई सचेत गराउने पर्व रहेको उनी बताउँछन्।

आजकै दिन नेवार समुदायमा दिगु पूजा (कूल पूजा) पनि गर्ने गरिन्छ।

पानीको स्रोत सफा गरेसँगै टोलमा भट्मास, अदुवा, बारा, चटामरी बाध्ने परम्परा रहेको छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि हाल लकडाउन गरिएको छ। लकडाउनबीच आज भक्तपुरमा रहेका विभिन्न इनार, पोखरीहरुको सफा गरिँदैछ। उपत्यकाका तीन जिल्ला मध्य भक्तपुरमा यस पर्वलाई ठूलै चाडका रुपमा मनाउने चलन रहेको छ। स्थानीयहरु मिलेर आफ्नो टोलमा रहेका पानीको स्रोत सफा गर्न विहानै देखि लागिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell