PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

एक वर्षे नावालकसहित ८ जनामा कोरोना संक्रमण पुष्टि, कर्णालीमा पुग्यो ४६



पी बी खड्का

एक वर्षे नावालकसहित ८ जनामा कोरोना संक्रमण पुष्टि, कर्णालीमा पुग्यो ४६

सुर्खेत : एक नावालकसहित कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा एक वर्षे बालकमा संक्रमण देखिएको हो। अन्यको उमेर भने २६, १९, ३०, ३६, ४०, १७ र २० रहेको छ।

सात जना पुरुष र २० वर्षीया युवतीमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। संक्रमित सबै दैलेख नारायण नगरपालिकाका हुन्। यससँगै कर्णालीमा संक्रमित पुष्टि भएको संख्या ४६ पुगेको छ।

यसअघि कर्णाली प्रदेशमा संक्रमितको सख्या ३८ थियो। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख तिवारीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell