PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

लायन्सकर्मीद्वारा गणतन्त्र दिवसमा भूकम्प पीडितलाई आर्थिक सहयोग



पहिलोपोस्ट

लायन्सकर्मीद्वारा गणतन्त्र दिवसमा भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं: गणतन्त्र दिवसको अवसरमा भूकम्प पीडितलाई आर्थिक सहयोग गरिएको छ।

लायन लिडर रमेश कुमार लामाको अगुवाईमा राईजिङसन तथा सुन्दरीजल लायन्स क्लब, लायन लिडर दिपेन्द्र सिम्खडा, लायन्सका पूर्वगर्भनर कुमारराज सुवेदी र आलापोट निवासी जयराम खड्काले मिलेर संयुक्त रुपमा सहयोग गरेका हुन्।

उनीहरुले बिहीवार वडाध्यक्ष राममणि पुडासैनी र वडा सदस्य सुनकुमार नगरकोटीको उपस्थितिमा कागेश्वरी मनोहरा नगरपालिका ३, भद्रवासका भूकम्प पीडित रामप्रसाद नगरकोटीलाई ३८ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्।

२०७२ सालको विनाशकारी भूकम्पबाट विस्थापित भएका रामप्रसादले अझै घर बनाउन सकेका छैनन्। वर्खायाम सुरु हुँदा ओत लाग्ने ठाउँ बनोस भनेर सानै भए पनि मिलेर सहयोग गरेको लायन्सका पूर्वगर्भनर सुवेदीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell