PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

बेलायतको रित्तो नाटकघरबाट नाटक प्रसारण हुँदै, 'संकटबीच दर्शक जोगाउन यस्तो प्रयास'



पहिलोपोस्ट

बेलायतको रित्तो नाटकघरबाट नाटक प्रसारण हुँदै, 'संकटबीच दर्शक जोगाउन यस्तो प्रयास'

क्लायर फोय र म्याट स्मिथ कोरोना भाइरस महामारी बीच एकसाथ मञ्चमा देखिने भएका छन्। शारीरिक दूरी कायम राख्दै निर्माण गरिने उक्त नाटक 'लङ्ग्स' ओल्ड भिक थिएटरमा मञ्चन हुनेछ। त्यहाँ दर्शक उपस्थित हुने छैनन्।

डनक्यान म्याकमिलानको किताबमा आधारित नाटकमा फोय र स्मिथ जोडीका रुपमा प्रस्तुत हुनेछन्। नाटक आगामी महिनादेखि प्रत्यक्ष प्रसारण हुनेछ। उक्त नाटक अनलाइनमार्फत् हेर्नका लागि दर्शकले १० देखि ६५ पाउन्ड तिर्नु पर्नेछ।

मार्चको मध्यदेखि रित्तो भएको द ओल्ड भिक थिएटरले विज्ञप्ती जारी गर्दै थिएटर आर्थिक संकटमा परेको समयमा नाटक निर्माण गर्न लागेको जनाएको छ। थिएटर बेलायतको आर्ट काउन्सिलले दिने आपत्कालिन राहत रकमका लागि योग्य नभएकाले समस्यामा परेको समेत उल्लेख गरेको छ। लेखिएको छ : 'यो संकटबाट निस्किएर मनोरञ्जनात्मक र सामाजिक हितका लागि आवश्यक नाटक एवं अन्य सामाग्री निर्माण र मञ्चनका लागि हामीलाई सहायता चाहिन्छ।'

'लङ्ग्स'को एक पटकको प्रसारणमा एक हजार जना मात्र दर्शक हुनेछन्। उक्त नाटकको यसअघिको संस्करण गत वर्ष मञ्चन भएको थियो।

'यो नाट्य सिरिज कलात्मक प्रयोग हो। हामी आर्थिक रुपमा शून्य हुँदा पनि नाटक निर्माण गर्नुको उद्देश्य दर्शक जोगाउनु हो', विज्ञप्तीमा लेखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell