PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एकै दिन थपिए १ सय ५६ जना कोरोनाका नयाँ संक्रमित, हजारको सीमा भयो पार



पहिलोपोस्ट

एकै दिन थपिए १ सय ५६ जना कोरोनाका नयाँ संक्रमित, हजारको सीमा भयो पार

काठमाडौं : नेपालमा एकै दिन १ सय ५६ थप संक्रमित फेला परेका छन्। यो नेपालमा एकै दिन भेटिएको सबैभन्दा धेरै संख्या हो।

स्वास्थ्य मन्त्रालयले एकै दिन १ सय ५६ जनमा संक्रमण देखिएको पुष्टि गरेको हो। देशका विभिन्न भागमा गरिएको परीक्षणबाट प्राप्त जानकारीका आधारमा यति संख्यामा संक्रमण थप भएको देखिएको हो।

अहिलेसम्म ५१ जिल्लामा संक्रमण फैलिएको छ। आज थपिएका संक्रमितमा सोलुखुम्बु र दोलखा जिल्लाका पनि रहेका छन्। 

यससँगै कूल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको मन्त्रालयले जनाएको छ। 'मृत्युको संख्या पनि बढ्दै गएको छ, संक्रमितको संख्या पनि बढ्दै गएको छ,' मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टार विकास देवकोटाले भने, 'थप सजगता अपनाउनुपर्ने छ अब।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell