PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

संविधान संशोधन रोकिएपछि प्रमोद खरेलको प्रश्न: लकडाउनमा भारतीय जहाज काठमाडौं किन आयो?



पहिलोपोस्ट

संविधान संशोधन रोकिएपछि प्रमोद खरेलको प्रश्न: लकडाउनमा भारतीय जहाज काठमाडौं किन आयो?

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्सालाई संविधानको अंग बनाउने संशोधन विधेयक रोकिएपछि कलाकारले पनि चासो व्यक्त गरेका छन्।

गायक प्रमोद खरेलले भारतीय चलखेलका कारण संशोधन रोकिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्।

नेपाली राजनीतिक बजारमा भारतीय पूर्वराजदूत श्याम शरण काठमाडौं आएको चर्चा चलिरहँदा गायक खरेलले त्यसतर्फ संकेत गर्दै सत्ता र प्रतिपक्ष दुवै संशोधनको निम्ति दृढ र इमान्दार हुनुपर्नेमा जोड दिएका छन्।

उनले फेरि विगतमाझैं दबाबमा वा कसैको लोभलालच र चुंगुलमा नफस्न अनुरोधसमेत गरेका छन्। उनले यो नेपाली माटो र नागरिकको आग्रह भएको स्पष्ट पारेका छन्।

खरेलले गणतन्त्र दिवसको शुभकामना दिने क्रममा पनि राष्ट्रिय अखण्डता, सार्वभौमिकता र स्वाधीनतामा कुनै आँच नआओस भनी कामना गरेका छन्। साथै यथाशिघ्र संविधान संशोधन पारित गर्ने संकल्प गर्दै देश जनता र पुर्खाको शिर उच्च राख्ने प्रतिबद्धता झन मजबुत होस भन्ने शुभकामना दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell