काठमाडौं : बुधवार देशभर १ सय ५६ जना कोरोना सङ्क्रमित थपिँदा झापाका २५ जना रहे। यससँगै कूल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ।
बिहीवार झापामा थपिएका सबै कचननकवल गाउँपालिकाका हुन्। यससँगै अहिलेसम्म कचनकवलमा ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ। बिहीवार सङ्क्रमित २५ जना भारतको मुम्बई र दिल्लीबाट आएका युवा हुन्।
उनीहरू भारतको विभिन्न नाकाबाट लुक्दैछिप्दै गाउँ आइपुगेका थिए। अहिले पनि भारतबाट आउने क्रम रोकिएको छैन। दैनिक १० देखि १५ जना युवा गाउँ फर्किने गरेका छन्।
'सबै जना हाम्रो गाउँपालिकाको नै हुनुहुन्छ। उहाँहरु भारतबाट आउनु भएको हो,' गाउँपालिका अध्यक्ष अन्जरा आलमले भने।
१ सय ६२ जनाको स्वाब लिएर परीक्षणका लागि विराटनगर पठाइएको थियो। बुधवार १ सय ६२ जनामध्ये ६५ जनाको मात्र रिजल्ट आएको थियो। आज बाँकीको रिजल्ट आएको अध्यक्ष आलमले जानकरी दिए। अहिले पनि भारतबाट गाउँ फर्किने सङख्यामा कमी आएको छैन। आज पनि १२ जना भारतबाट आएका छन्। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।