PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

घुम्तीमा नआउ है... नफर्किने गरी गए रत्न शमशेर थापा, कोरोना परीक्षणका लागि लिइयो स्वाब



पहिलोपोस्ट

घुम्तीमा नआउ है... नफर्किने गरी गए रत्न शमशेर थापा, कोरोना परीक्षणका लागि लिइयो स्वाब

वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधन भएको। ८३ वर्षीय उनको बिहीवार दिउँसो १ बजे निधन भएको हो। लामो समयदेखि ढाडको समस्याबाट उनी पीडित थिए। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।

कोरोना भाइरस परीक्षणका लागि उनको स्वाब परीक्षणका लागि पठाइएको  लेखक तथा निर्देशक प्रकाश सायमीले पुष्टि गरे। उनका अनुसार कोरोना भाइरस संक्रमण भए/नभएको यकिन भएपछि मात्र अन्तिम संस्कार हुनेछ।

घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, विछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो, पन्छीमा राम्रो डाँफे, स्वर्गकी रानी मायाकी खानी, जाग लम्क चम्क हे, गोरेटो त्यो गाउँको लगायत दर्जनौं कालजयी गीतहरु लेखेका छन्। उनको शब्दमा स्वर सम्राट नारायण गोपाल गुरवाचार्य, प्रेमध्वज प्रधान, योगेश वैद्य लगायतले स्वर दिएका छन्।

उनको जन्म सन् १९३९ मा भएको हो। उनका कविता संग्रहहरु 'चक्ला भरीको घाम', 'ताराका काँचा रङ्ग' र गीति संग्रह 'ओभानो सिउँदो' र 'रुझेका परेला' सार्वजनिक छन्।

थापा देवकोटा साहित्य पुरस्कार, युग कवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, साधना सम्मान, हिट्स एफएम लाइफ टाइम अचिभमेन्ट अवार्ड, छिन्दलता पुरस्कार लगायत विभिन्न पुरस्कारबाट सम्मानित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell