PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

भेरीमा भेटियो एक अर्को शव, मारिनेको संख्या पुग्यो पाँच



पहिलोपोस्ट

भेरीमा भेटियो एक अर्को शव, मारिनेको संख्या पुग्यो पाँच

काठमाडौं : रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा भएको घटनामा बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।

सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले आज दिउँसो एक जनाको शव फेला पारेको हो। जाजरकोट छेडागाड नगरपालिका ५ काले भिरमा जाजरकोट भेरी नगरपालिका ४ बस्ने १९ वर्षीय सन्जु बिकको शब फेला पारेको प्रहरीले जानकारी दिएको छ।

योसँगै रुकुम घटनमा मृतकको संख्या ५ पुगेको छ। खोजी कार्यका लागि सशस्त्र प्रहरीबल आश्रीत गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञ बस्नेतको कमान्डमा ४ जना गोताखोर सहित १३ जना तथा सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म पश्चिम रुकुमबाट १८ जनाको टोली परिचालित छ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यस बेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell