
काठमाडौं : सरकारले स्वास्थ्य मन्त्रालयको बजेट बढाएको छ। संसदमा अर्थमन्त्री डा युवराज खतिवडाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको छ।
आगामी वर्षको बजेटमा एक चिकित्सक एक स्वास्थ्य संस्था, पूर्ण खोपयुक्त देश, निजी क्षेत्रको स्वास्थ्य संस्था र अस्पतालको कडाईका साथ निगरानी गरिने भनिएको छ।
त्यसैगरी स्वास्थ्य स्वयम् सेविकाको यातायात खर्च दोब्बर बनाउने उल्लेख छ। बढी दुर्घटना हुने राजमार्गका अस्पतालमा ट्रामा सेन्टर स्थापना गर्ने पनि उल्लेख छ।