PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड, थप दुई लाखलाई रोजगारी



पहिलोपोस्ट

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड, थप दुई लाखलाई रोजगारी

काठमाडौं: सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १० अर्ब ६० करोड विनियोजन गरेको छ।

कोरोना महामारीले बेरोजगारी बढ्ने देखिएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थप दुई लाख रोजगारी सिर्जना गर्ने उद्देश्यसहित १० अर्ब ६० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रदेश र स्थानीय तहमा दायरा विस्तार गर्ने पनि तयारी छ।

सबै नागरिकलाई रोजगारी सिर्जना गर्न आफनो गाउँ आफै बनाउँ भन्ने कार्यक्रम अघि बढाइने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell