
काठमाडौं : सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनःसंरचना गर्ने भएको छ। साथै यसबाट एक स्थानीय तहमा एक पकेट क्षेत्र स्थापना गरिनेछ।
अर्थमन्त्री युवराज खतिवडाले यो कार्यक्रमका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरेका छन्। यो कार्यक्रम कृषि उत्पादनमा आत्मनिर्भर हुने अन्तर्गत हो।
त्यसैगरी, आउँदो वर्ष दुध, तरकारी र मासुजन्य पदार्थमा आत्मनिर्भर हुने सरकारको लक्ष्य छ। सरकारले रासायनिक मलको उत्पादनका लागि ११ अर्ब छुट्टयाएको छ।
भूमि बैंकबाट भूमिको काम गर्नेलाई मात्र अनुदान दिइने भएको छ। देशभर २ सय खाद्य भण्डार केन्द्रका लागि १ अर्ब छुट्टयाइएको छ।