PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

किसानलाई सहज रुपमा ऋण दिन 'किसान क्रेडिट कार्ड'



पहिलोपोस्ट

किसानलाई सहज रुपमा ऋण दिन 'किसान क्रेडिट कार्ड'

काठमाडौं:  सरकारले किसानलाई कृषि ऋण उपलब्ध गराउनका लागि किसान क्रेडिट कार्ड कार्यक्रम सुरु गर्ने भएको छ।

अर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्। 

'किसानलाई सहुलियत दरमा सहज रुपमा ऋण उपलब्ध गराउनका लागि किसान क्रेडिट कार्ड वितरण गरिने छ,' अर्थमन्त्री खतिवडाले भने। 

त्यस्तै, किसान स्वयंसेवकको परिचालन देखि हरेक स्थानीय तहसम्म उत्पादनलाई जोड दिँदै सरकारले कम्तिमा एक कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गर्नेसमेत अर्थमन्त्री खतिवडाले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell