PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल, संघमा ३ सय बेडको सरुवा रोग अस्पताल



पहिलोपोस्ट

स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल, संघमा ३ सय बेडको सरुवा रोग अस्पताल

काठमाडौं : सरकारले स्वास्थ्य क्षत्रको पूर्वाधार विकास गर्न १२ अर्ब ४० करोड बजेट छुट्याएको छ। सरकारले कोरोनाको उच्च जोखिममा रहेका क्षेत्रमा परीक्षण गर्न बजेटको ब्यवस्था गरेको हो। परीक्षणको दायरा बढाउन, क्वारेन्टाइन बनाउन आवश्यक बजेटको ब्यवस्था गरिएको अर्थमन्त्री युवराजव खतिवडाले बताए।

चिकित्सक र स्वास्थ्यकर्मीको ५ लाखको नि:शुल्क स्वास्थ्य बीमा गर्न बजेट विनियोजन भएको छ। स्वास्थ्य सेवामा रहेका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई प्रोत्सान भत्तको ब्यवस्था गरिएको छ।

काठमाडौंमा ३ सय सैय्याको सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ। प्रदेश राजधानीका सरकारी अस्पतालमा २ सय ५० का आइसीयु बेड स्थापना गरिने भएको छ।

हरेक प्रदेशमा ५० सैयाको सरुवा रोग अस्पताल स्थापना गरिने खतिवडाले बताए।

पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशषज्ञ सेवा उपलब्ध गरिने अस्पतालमा स्तोरोन्नती गरिने खतिवडाले बताए।

कोशी, नारायणी र भरतपुर अस्पतालमा पनि विशेषज्ञ सेवा उपलब्ध गराउन बजेट विनियोजना भएको छ।

सबै प्रदेशमा अत्याधुनिक प्रयोशाला स्थापना गरिने भएको छ। विदेशबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्न पनि बजेट विनियोजन भएको छ।

'विदेशबाट आउने सबैको अनिवार्य परीक्षण गर्न सबै नाकामा परीक्षणको ब्यवस्था गरिने छ,' खतिवडाले भने।

आधारभूत स्वास्थ्य सेवा उपललब्ध गराउन ५ देखि १५ शैय्याको आधारभूत अस्पताल स्थापना गरिने भएका छ।

आधारभूत स्वास्थ्य सेवाका लागि २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट विनियोजन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell