
काठमाडौं : सरकारले कृषि कार्य गर्न चाहनेलाई भूमि उपलब्ध गराउने भएको छ। यसका लागि सरकारले भूमि बैंक सञ्चालनमा ल्याउने भएको छ।
कृषि गर्न चाहनेलाई भूमिमा पहुँच पुर्याउनका लागि भूमि बैंक सञ्चालन गर्न लागिएको अर्थमन्त्री युवराज खतिवडाले बताए। यसका लागि आगामी बजेटमा ५० करोड रुपैयाँ शेयर लगानीका रुपमा विनियोजन गरिएको छ। भूमि बैंक स्थानीय तहमा स्थापना गर्दै जाने उनले बताए।
भूमि बैंकले जग्गा धनीबाट लिजमा लिएको, सरकारी स्वामित्वमा नभएको, नदी कटानका जग्गा लिजमा लगाउनेछ। सरकारले खाली रहेको भूमि उपयोग गर्नेलाई कृषि सामग्रीमा सहुलियत पनि दिने छ।