PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

कोभिड-१९ प्रभावित चलचित्रलगायत क्षेत्रमा इजाजत पत्र र नविकरण दस्तुर छुट



पहिलोपोस्ट

कोभिड-१९ प्रभावित चलचित्रलगायत क्षेत्रमा इजाजत पत्र र नविकरण दस्तुर छुट

काठमाडौं: सरकारले आम सञ्चार एवं चलचित्र क्षेत्रमा कोरोना भाइरसका कारण परेको प्रभावको सम्बोधन गर्ने बताएको छ।

अर्थमन्त्री युवराज खतिवडाले अर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गर्दै निर्माण, यातायातसँगै आमसञ्चार एवं चलचित्र लगायत क्षेत्रलाई दिइने छुट बारे बताएका हुन्।

उनले उल्लेखित क्षेत्रको इजाजत पत्र तथा नविकरण दस्तुरमा छुट उपलब्ध गराउने बताएका हुन्। साथै सम्बन्धित क्षेत्रको चालु पुँजीका लागि कर्जा सुविधा र लकडाउन अवधिभरका लागि ठेक्का तथा वैंक ग्यारेन्टी थप हुने समेत घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell