PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

पर्यटन पूर्वाधारका लागि १ अर्ब ३६ करोड, मावि तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गराइने



पहिलोपोस्ट

पर्यटन पूर्वाधारका लागि १ अर्ब ३६ करोड, मावि तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गराइने

काठमाडौं : सरकारले पर्यटन पूर्वाधारका लागि १ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रको सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनको सम्भावना पहिचान गरी पर्यटक आकर्षणका लागि मौलिक संस्कृतिको विकास गर्न उक्त रकम छुट्याइएको बताए।

आगामी बर्षको बजेट प्रस्तुत गर्दै खतिवडाले एक प्रदेश एक पर्यटकीय गन्तव्यको अवधारणा अनुरुप सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार निर्माण गरिने बताए। उनले नवीन पर्यटक सूचना प्रणाली लागू गरिने पनि बताए।

मन्त्री खतिवडाले पर्यटन विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिने समेत बताए। माद्यामिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गराइने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell