काठमाडौं : बढी जोखिममा परेका बालबालिका र जोखिममा रहेका महिलाहरुका लागि उल्लेख्य रुपमा बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन्।
दुर्गम क्षेत्रका सुत्केरी महिलाको हवाइ उद्दारलाई निरन्तरता दिइने बजेट वक्तव्यमा उल्लेख छ।
महिला विरुद्ध हुने सामाजिक विभेद शोषण तथा विभेद हटाउनका लागि स्थानीय तहसम्म सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने उनले बताए।
लैंगिक उत्तरदायी बजेट निर्माणमा प्रदेश र स्थानीय तहलाई प्रोत्सहान गरिने अर्थमन्त्री खतिवडाले बताए। नेपाललाई सडक बालबालिका मुक्त देश बनाइने घोषणा गरिने समेत अर्थमन्त्री खतिवडाले जानकारी दिए।
जेष्ठ नागरिक आश्रमको न्युनतम मापदण्ड तोकिने र स्थानीय तहलाई नियमन गर्न जिम्मेवारी दिइने भएको छ। जेष्ठ नागरिकलाई अल्जाइमरलगायतका रोगको उपचार नि:शुल्क उपचार गर्ने बजेटमा उल्लेख छ। हेरचाह गर्ने कोही नभएका जेष्ठ नागरिकको सम्पूर्ण उपचार तथा औषधीखर्च सरकारले व्यहोर्ने भएको छ।