PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

आउँदो वर्ष काठमाडौं ल्याउने गरी मेलम्चीका लागि ५ अर्ब ४६ करोड बजेट



पहिलोपोस्ट

आउँदो वर्ष काठमाडौं ल्याउने गरी मेलम्चीका लागि ५ अर्ब ४६ करोड बजेट

काठमाडौं : सरकारले आगामी २ वर्षभित्र सबै नेपालीको घरमा खानेपानी पुर्‍याउने जनाएको छ। अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आगामी बजेटमा आगामी दुई वर्षभित्र आधारभूत र गुणस्तरयुक्त खानेपानी उपलब्ध गराउने उल्लेख छ। यसका लागि तीनै तहबाट खानेपानी आयोजना सम्पन्न गरिनेछ।

यसवर्ष भने ९४ प्रतिशतमा खानेपानी पुर्‍याउने सरकारको लक्ष्य छ।

त्यसैगरी, मेलम्ची खानेपानी आयोजना आउँदो वर्ष सम्पन्न गरेर काठमाडौंमा ल्याउनका लागि सरकारले ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ।

त्यसैगरी, उपत्यकाको खानेपानी व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड विनियोजन गरिएको छ।

तराई मधेशमा आर्सनिकमुक्त खानेपानी बनाइने छ। यो सहित खानेपानी तथा सरसफाई कार्यक्रमका लागि सरकारले ४३ अर्ब १० करोड विनियोजन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell