
काठमाडौं : सरकारले सुरक्षित सडक पूर्वाधार निमार्णमा जोड दिइएको छ। यसका लागि रणनीतिक महत्वका सडक छिटो सक्नेगरी निर्माणलाई तीव्रता दिने लक्ष्य लिएको छ।
पूर्वपश्चिम राजमार्गलाई एसियाली स्तरको मापदण्डमा चार लेनको सुरक्षित, डेडिकेटेट र तीव्र सडकमा रुपमान्तरण गर्न १२ अर्ब २१ करोड विनियोजन गरिएको छ।
पुष्पलाल राजमार्गका लागि ८ अर्ब २७ करोड विनियोजन गरिएको छ। हुलाकी राजमार्गका लागि ७ अर्ब एक करोड विनियोजन गरिएको छ।
उत्तर दक्षिण जोड्ने सडकलाई डलब लेनमा स्तरोन्नती गर्ने पनि बजेटमा उल्लेख छ।