PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

आगामी वर्षदेखि विद्युतीय राहदानी, अनलाइनबाट भिसा



पहिलोपोस्ट

आगामी वर्षदेखि विद्युतीय राहदानी, अनलाइनबाट भिसा

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय राहदानी लागु गर्ने भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आज सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

त्यस्तै सरकारले नेपाल प्रवेशका लागि दिइने प्रवेशाज्ञा भिसा अनलाइन मार्फत् वितरण गर्न सुरु गरिनेसमेत उनले बताए।

त्यस्तै परराष्ट्र नीतिलाई पारस्परिक लाभमा आधारित रहेर अगाडि बढाइने अर्थमन्त्री खतिवडाले जानकारी दिए।

बैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र सामाजिक न्यायका लागि रोजगारीम रहेका देशहरुमा रहेका कुटनीतिक नियोगलाई सक्रिय बनाइने उनले बताए।

विदेशमा रहेका नेपालीको उद्दार गर्नुपरे गैरआवासीय नेपालीको सहयोग लिइने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell