PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

कमर्चारीलाई प्रोत्साहन भत्ता, एक लाखसम्मको नि:शुल्क कोरोना बीमा



पहिलोपोस्ट

कमर्चारीलाई प्रोत्साहन भत्ता, एक लाखसम्मको नि:शुल्क कोरोना बीमा

काठमाडौं : सरकारले कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ।

चिकित्सक, स्वास्थ्यकर्मी लगायत सबैको योगदानको उच्च मूल्यांकन गर्दै प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन्।

राष्ट्रसेवकलाई आवास निर्माणका लागि ऋण सहुलियत दिइनेछ।

साथै राष्ट्र सेवकलाई एक लाखसम्मको कोरोना बीमा नि:शुल्क गरिने कुरा पनि बजेटमा उल्लेख छ।

भ्रष्टाचार नियन्त्रण र रोकथामका लागि सम्बन्धित निकायलाई बलियो बनाइनेछ।

सरकारी सेवा सहज र प्रविधिमैत्री बनाइनेछ। हेलो सरकारलाई थप जनउत्तरदायी बनाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell