PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

बजेटमा चलचित्र क्षेत्र : प्रत्येक प्रदेशमा छायाँकन स्थल



पहिलोपोस्ट

बजेटमा चलचित्र क्षेत्र : प्रत्येक प्रदेशमा छायाँकन स्थल

काठमाडौं :  अर्थमन्त्री डा. युवराज खतिवडाले 'छायाँकनका लागि नेपाल' कार्यक्रम कार्यान्वयनमा ल्याइने बताएका छन्। उनले आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा प्रत्येक प्रदेशमा फिल्म छायाँकन स्थल निर्माण हुने समेत जनाएका छन्।

बजेट प्रस्तुत गर्दै उनले भने,'प्रदेश सरकारको समन्वयनमा राष्ट्र राष्ट्रियता र राष्ट्रिय एकता संरक्षण र सम्बर्दन गर्ने गरी फिल्म निर्माण गर्न प्रोत्साहित गरिनेछ।'

प्रत्येक प्रदेशमा फिल्म छायाँकन स्थल निर्माण, चलचित्र कलाकार संघको भवन निर्माण र नेपाली चलचित्रको सुरक्षित भण्डारणका लागि नेपाल चलचित्र विकास बोर्डलाई आवश्यक बजेट विनियोजन गरेको बताए।

त्यस्तै चलचित्र घरलाई मूल्य अभिवृद्धी कर, कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाई चौमासिक बनाएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell