PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

प्रदेश २ मा थपिएका २१ जना नयाँ संक्रमित क्वारेन्टाइनमा बस्दै आएका



राधेश्याम पटेल

प्रदेश २ मा थपिएका २१ जना नयाँ संक्रमित क्वारेन्टाइनमा बस्दै आएका

वीरगंज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ मा कोरोना भाइरसका २१ जना नयाँ संक्रमित थपिएका छन्। जसमा पर्सामा ४ र रौतहटमा १७ जना थपिएका हुन्।

पर्साको पोखरीयामा २ महिला र २ पुरुष संक्रमण देखिएको छ। रौतहटको राजपुर नगरपालिकामा १७ जनामा संक्रमण भेटिएको छ।

स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहका अनुसार रौतहटका १७ जना सबै पुरुष हुन्। उनीहरु १० देखि ४० वर्ष उमेरका छन्। एक साताअघि भारतको विभिन्न राज्यबाट आएका उनीहरु राजपुरका क्वारेन्टाइनमा बस्दै आएका थिए।

त्यसैगरी, भारतको केरलाबाट आएका पर्साका ४ जना पनि पोखरीयको जनता उचाङ्गल माविको क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए। पर्सा र रौतहटका थप २१ जना संक्रमितलाई आइसोलेसन वार्डमा राख्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell