PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

म्याग्दीमा पहिलो केस : बेनीस्थित क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि



पहिलोपोस्ट

म्याग्दीमा पहिलो केस : बेनीस्थित क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि

काठमाडौं : गण्डकी प्रदेश अन्तर्गतको म्याग्दी जिल्लामा पहिलो कोरोना संक्रमण पुष्टि भएको छ।

म्याग्दीको मालिका गाउँपालिका घर भई हाल बेनी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका  ३० वर्षीय एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार संक्रमितलाई सदरमुकाम बेनीस्थित आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell