PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ठोरीमा बनेको पुल भत्काउन सुरक्षाकर्मीसहित आएका भारतीयलाई स्थानीयले लखेटे



राधेश्याम पटेल

ठोरीमा बनेको पुल भत्काउन सुरक्षाकर्मीसहित आएका भारतीयलाई स्थानीयले लखेटे

वीरगंज : पर्साको ठोरीमा रहेको ठुटे खोलामा बुधवारबाट सञ्चालनमा ल्याइएको पुल भत्काउन आएका भारतीयलाई स्थानीयले लखेटेका छन्। पुल सञ्चालन गरेको १ दिन पनि नबित्दै सुरक्षाकर्मीसहित आएका भारतीय नागरिकले पुलको पूर्वतर्फ पुरेको भाग भत्काउन लागेपछि ठोरीका स्थानीयले उनीहरुलाई लखेटेका हुन्।

निर्माण सम्पन्न भएको ३ वर्षपछि बुधवारबाट सञ्चालनमा ल्याइएको पुलको पूर्वपट्टिको भाग भारतीय पक्षले भत्काइदिएपछि सो क्षेत्र केही बेर तनावपूर्ण बनेको थियो।

पुलको पूर्वपट्टि कुलोको लागि २ वटा कल्भर्ट राखिएको भएपनि भारतीय पक्षले ३ वटा कल्भर्ट राख्नुपर्ने भन्दै नेपाली भूमिमा प्रवेश गरेर भत्काउन लागेका थिए।

भारतीय आएर पुल सञ्चालनमा अवरोध गर्न पूर्वपट्टि पुरिएको भाग भत्काउन लागेको थाहा पाएपछि त्यहाँका स्थानीय आएर प्रतिकार गरेका थिए।

विरोधको क्रममा केही बेर भारतीय सुरक्षाकर्मीसँग स्थानीयको भनाभन भएको थियो। बुधवारबाट सञ्चालनमा ल्याइएको पुलले अब दुई गाउँका बासिन्दालाई वारपार गर्न सहज पुग्ने भन्दै खुशी भएका स्थानीयहरुमा बिहीवारको घटनाले दुःखी भएका छन्।

स्थानीयको प्रतिकारपछि सुरक्षाकर्मीसहित आएका भारतीयहरु भागेको ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell