PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

तथ्यांकमा कोरोनाको पछिल्लो अवस्था



पहिलोपोस्ट

तथ्यांकमा कोरोनाको पछिल्लो अवस्था

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनसार नेपालमा हालसम्म १ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये पाँच जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार कोरोनाको संक्रमण सात प्रदेशका ५१ जिल्लामा पुगिसकेको छ। 

नेपालभर ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सबैभन्दा धेरै प्रदेश ५ मा २९ हजार १ सय ५८ जना क्वारेन्टाइनमा छन्। सबैभन्दा कम वाग्मती प्रदेशमा १ हजार ६ सय ३१ जना क्वारेन्टाइनमा छन्।

पीसीआर परीक्षणको संख्या ६० हजार ९ सय १६ पुगेको छ। २४ घण्टामा मात्रै २ हजार ६ सय ३९ जनाको पीसीआर मार्फत कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हालसम्म १ लाख २ हजार ३४ जनाको आरडीटीबाट परीक्षण गरिएको छ। निको भएर घर फर्किनेको संख्या १ सय ८७ पुगेको छ।

 

Made with Visme Infographic Maker



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell