PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

अनलाइन चेस च्याम्पियनसिप : नेपाली खेलाडीहरु छनोट चरणबाटै बाहिरिए



पहिलोपोस्ट

अनलाइन चेस च्याम्पियनसिप : नेपाली खेलाडीहरु छनोट चरणबाटै बाहिरिए

काठमाडौं : एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर एन्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिप २०२० बाट नेपालका सबै खेलाडीहरु छनोट चरणबाटै बाहिरिएका छन्।

बुधवार भएको छनोट खेलमा सबै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी दिइन्। एशियन जुनियर एण्ड गर्ल्स अनलाईन चेस च्याम्पियनसिप २०२० ३.२ जोन अन्तर्गत नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स रहेको समूहमा नेपालका तीन पुरुष र तीन छात्रा गरी ६ खेलाडीहरुले सहभागिता जनाएका थिए।

स्वीस प्रणाली अन्तर्गत ९ चरणको खेलमा जुनियर खुलातर्फ अबि श्रेष्ठले छैटौं स्थानमा रहँदै च्याम्पियनसिपलाई पूर्ण विराम लगाए। उनले ४ अंक प्राप्त गरे। यस्तै ३.५ अंकका साथ विवेक श्रेष्ठ सातौ र ३.५ अंकका साथै निकेन कुशथा दशौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए। जुनियर खुला तर्फ शिर्ष दुई स्थान बंगलादेशका खेलाडी भए भने तेश्रो स्थानमा श्रीलङ्काका खेलाडी भए।

यस्तै, महिलातर्फ पनि खेलाडीहरु प्रतिसपर्धाबाट बाहिरिएका छन्। खुस्वु थापा सातौं, अनिशा न्यौपाने आठौं र कृतीसरा अधिकारी नवौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिएका हुन्। थापा र न्यौपानेले ३.५ र अधिकारीले ३ अंक प्राप्त गरेका थिए। महिलातर्फ शीर्ष तीन स्थानमा बंगालादेश, श्रीलङ्का र बंगलादेशका खेलाडी रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell