PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

गाउँमा भएका कसैलाई कोरोना देखिएको छैन, ७३ जना नै भारतबाट आएका : कचनकवल गाउँपालिका अध्यक्ष आलम



पहिलोपोस्ट

गाउँमा भएका कसैलाई कोरोना देखिएको छैन, ७३ जना नै भारतबाट आएका : कचनकवल गाउँपालिका अध्यक्ष आलम

काठमाडौँ : सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि झापाको कचनकवल गाउँपालिका हट स्पट बन्दै गएको छ। प्रदेश नम्बर १ मा सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएको गाउँपालिका हो कचनकवल। बिहीवार झापामा थपिएका सबै कचननकवल गाउँपालिकाका हुन्।

यससँगै अहिलेसम्म कचनकवलमा ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ। बिहीवार सङ्क्रमित २५ जना भारतको मुम्बई र दिल्लीबाट आएका युवा हुन्। अहिलेसम्म कोरोना देखिएको सबै इम्पोटेड हो। अर्थात् गाउँमा भएका कसैलाई सरेको छैन। 'हाम्रो गाउँमा भएका कसैलाई कोरोना देखिएको होइन। यो सबै भारतबाट आउनेले ल्याएका हुन्। उनीहरूबाट अरुमा सरेको छैन,' गाउँपालिका अध्यक्ष अञ्जरा आलमले भने।

१ सय ६२ जनाको स्वाब लिएर परीक्षणका लागि विराटनगर पठाइएको थियो। बुधवार १ सय ६२ जनामध्ये ६५ जनाको मात्र रिजल्ट आएको थियो। बिहीवार थप रिजल्ट आउँदा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

अहिले पनि भारतबाट गाउँ फर्किने युवाहरूको सङ्ख्या उत्तिकै छ। दैनिक १०/१२ जना युवा भारतबाट गाउँ आउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell