PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउन अवधिमा २ सय ७० वटा घरेलु हिंसाका उजुरी



पहिलोपोस्ट

लकडाउन अवधिमा २ सय ७० वटा घरेलु हिंसाका उजुरी
प्रतिकात्मक तस्वीर

काठमाडौँ :  लकडाउनको अवधिमा देशभर २ सय ७० वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि जेठ ३ गतेसम्म २ सय ७० वटा उजुरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिइएको छ।

सबैभन्दा धेरै प्रदेश नम्बर २ मा घरेलु हिंसाका उजुरी परेका छन्। लकडाउनको ५४ दिनमा ५६ वटा उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाउँछ। प्रदेश नम्बर १ मा भने सबैभन्दा कम उजुरी परेको छ। जम्मा तीन वटा मात्र उजुरी परेको छ। वागमति प्रदेशमा पनि हिंसाका घटना भएका छन्। यो अवधिमा ४५ वटा उजुरी दर्ता भइसको छ।

गण्डकी प्रदेशमा २५, ५ नम्बर प्रदेशमा ३३ वटा उजुरी दर्ता भएको छ। लकडाउनको समय प्रहरीले घरबाट नै फोनमा उजुरी दर्ता  गराउने व्यवस्था समेत मिलाएको छ। ६ नम्बर प्रदेशमा १७ वटा र सुदूरपश्चिम प्रदेशमा ५३ मुद्दा दर्ता भएका हुन्।

त्यस्तै तीन जिल्ला समेटिएको काठमाडौँ उपत्यकाभित्र ३८ वटा घरेलु हिंसाका उजुरी परेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell