PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मृतक संख्या बढेपछि दिल्लीमा आगोमै थालियो कोरोना संक्रमितको शव जलाउन



पहिलोपोस्ट

मृतक संख्या बढेपछि दिल्लीमा आगोमै थालियो कोरोना संक्रमितको शव जलाउन

भारतको दिल्लीमा कोरोना संक्रमणबाट मुत्यु भएकाहरुको शव चितामा राखेर नै आगो लगाउन थालिएको छ। सीएनजी ग्यासबाट चल्ने शवदाह गृहले नपुगेपछि दाउराकै प्रयोग गरेर शव जलाउन सुरु भएको हो।

दिल्लीमा रहेका ६ वटा शव दाह गर्ने मेसिनमध्ये दुई वटामात्र चलाउन मिल्ने अवस्थामा रहेकाले आगो लगाएर जलाउनु परेको हो जब कि यसअघि आगोमा जलाउन दिइएको थिएन।

दिल्लीको लोकनायक अस्पतालमा १ सय ८ वटा कोरोना संक्रमितको शव छ। तर, त्यहाँको शव राख्ने गोदामको क्षमता ८० वटाको मात्र रहेको छ। २८ वटा शव भूइमै राखिएको खुलासा भएपछि आगो लगाएर भए पनि अन्त्यष्टि गर्न थालिएको हो।

यमुना नदी किनारामा निगमवोध घाटमा रहेको सीएनजीबाट चल्ने एउटा शव दाहगृह भने संचालनमा ल्याउन सकिने भएको छ। कोरोनाका कारण मानिस मर्नेक्रम जारी रहेपछि तत्काल मर्मत गरिएको हो। बाँकी मेसिनलाई मर्मत गर्ने हो भने दुई महिनला लाग्ने बताइएको छ।

बिहीवारसम्म दिल्लीमा १६ हजार २ सय ८१ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये ३ सय १६ जनाले ज्यान गुमाइसकेका छन्। बिहीवार चार ठाउँहरु कारदाडोमा, निगमवाध घाट, रानी झँसी रोड र पञ्जाव बागमा कोरोना संक्रमितको शव आगो बालेरै अन्त्यष्टि गरिएको छ। यद्यपि, मिलेसम्म सीएनजीबाट चल्ने शवदाह गृहको मेसिनबाटै अन्त्यष्टि गर्न सुझाव दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell