PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

गण्डकीमा थपिए दुई नयाँ संक्रमित, पुग्यो १९



पहिलोपोस्ट

गण्डकीमा थपिए दुई नयाँ संक्रमित, पुग्यो १९

काठमाडौं : गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १९ पुगेको छ।

प्रदेश स्‍वास्थ्य निर्देशनालयका अनुसार आज पछिल्लो पटक नवलपरासी (बर्दघाट सूस्ता पूर्व)को देवचुली नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ। नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २१ वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। उनीहरुलाई नवलपरासी (बर्दघाट सूस्ता पूर्व) को मध्यबिन्दु जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको हो।

गण्डकी प्रदेशमा हालसम्म आरटी-पीसीआरबाट दुई हजार ५६९ जनाको परीक्षण भएको छ। अझै ७९ जनाको टेस्ट रिजल्ट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell