PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोनाका बीच हंगेरीको फुटबलमा नयाँ कदम : स्टेडियममा जान दर्शकलाई अनुमति



पहिलोपोस्ट

कोरोनाका बीच हंगेरीको फुटबलमा नयाँ कदम : स्टेडियममा जान दर्शकलाई अनुमति
तस्बिर: हंगेरी टुडे

कोभिड १९ को महामारीले विश्वभरकै खेल प्रभावित छ। अहिले खेलहरु पुन सुरु गर्नका लागि कडा नियमहरु लागू गराउँदै विभिन्न देशहरुले खेल गतिविधि सुरु समेत गरेका छन्। दक्षिण कोरिया, जर्मनी लगायतका देशमा कोरोना महामारी चलिरहँदा लिग चलिरहेको छ। क्रिकेट तथा अन्य खेलहरु पनि नियमहरु बीच सुरु हुने तयारीमा छ।

यी सबै सञ्चालन भएका लिगहरुमा एउटा विशेषता छ: बन्द रंगशाला। यी लिगहरुमा दर्शकको उपस्थिति छैन। नयाँ नियमहरु र दर्शकबिहीन खेल भएकाले यी लिगहरु अनौठो देखिन्छन्।

यसैबीच हंगेरी ७० दिनसम्म कोरोनाका कारण रोकिएको हंगरीको फुटबल लिग (एनबीवान) २५ मे बाट सुरु भएको थियो। र, अब बुधबारको खेल दर्शकको उपस्थितिमा गराउने तयारी त्यहाँको फुटबल संघले गरेको छ। र, यसका लागि टिकट समेत खुला गरिसकेको छ। हंगेरी फुटबल संघले भनेको छ: देशमा फेरि दर्शकहरुका बीच फुटबल हुनेछ।

हंगेरी सरकारले फुटबल सुचारु गर्न अनुमती दिएसँगै संघले यस्तो प्रतिकृया दिएको हो। यद्यपि स्टेडियममा समर्थकहरुले सबै सिटको प्रयोग गर्न पाउने छैनन्। त्यहाँ सामाजिक दुरी कायम राख्न अनिवार्य गरिएको छ। कोरोना महामारी चलिरहँदा हंगेरीको यो निर्णयलाई ठूलो निर्णय भएको बताइएको छ।

लिगमा आयोजकले प्रत्येक सिटमा बसेको दर्शकबीच तीन सिटको सामाजिक दुरी कायम राख्नु पर्नेछ। त्यस्तै दर्शकहरु एकअर्काको अघिपछि पनि बस्न पाउने छैनन्। त्यस्तै मैदान र यसको वरिपरि रहने कर्मचारी र खेलाडीको कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ हुन अनिवार्य गरिएको छ। हंगेरीमा अहिलेसम्म फुटबलरहरुमा कोरोना सङ्क्रमण पुष्टी भएको छैन।

अर्को बुधवार बुडापेस्ट होनवेट र मेजोकोवेस्टबीच बीच फेरेंक पुस्कास स्टेडियममा खेल हुनेछ। उक्त खेलका लागि टिकट समेत सुरु भइसकेको छ। वर्डोमिटरको बिहीबारसम्मको तथ्यांकमा हंगेरीमा ३८ सय १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। त्यसमध्ये ५ सय ९ जनाको मृत्युसमेत भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell