PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

प्रदेश ५ मा संक्रमितको संख्या ३९९ पुग्यो प्रदेशको तेस्रो मृत्यु अन्त्येष्टिपछि कोरोना पुष्टि



पहिलोपोस्ट

प्रदेश ५ मा संक्रमितको संख्या ३९९ पुग्यो प्रदेशको तेस्रो मृत्यु अन्त्येष्टिपछि कोरोना पुष्टि

काठमाडौं : प्रदेश ५ मा संक्रमितहरुको संख्या ३९९ पुगेको छ। पछिल्लो पटक प्रदेश ५ मा ३० जना संक्रमित बढेका हुन्।

आज बिहानसम्म प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांक अनुसार यो संख्या बढेर ३९९ पुगेको हो।

Made with Flourish

जसअनुसार कपिलवस्तु जिल्लामा २७ जना नयाँ संक्रमित पुष्टि भएका छन्। त्यस्तै, रुपन्देही जिल्लामा पनि दुई जनामा नयाँ संक्रमण पुष्टि भएको छ। त्यस्तै दाङमा पनि दुई जनामा संक्रमण पुष्टि भएको छ।

'नेपाल आउँदै गर्दा सीमा देखि १० किलोमिटर पारी नै मृत्यु भयो,' नगरपालिका उपप्रमुख खडान्द बेलवासेले भने, 'सबै सावधानी अपनाएर सन्धिखर्कमा उहाँको अन्त्येस्टिसमेत भइसकेको छ।'

उनले उनीसँगै आएका अन्यको पनि परीक्षण गरिने जानकारी दिए।

'नगरपालिकामा रहेको क्वारेन्टाइनमा उहाँसँगै आउनु भएका २७ जना हुनुहुन्छ,' उनले भने, 'मृतकको कन्ट्याक्ट ट्रेसिङमा समस्या छैन। उहाँसँग आएका सबैलाई सुरक्षित क्वारेन्टाइनमा राखिएको छ।'

हालसम्म प्रदेश ५ को बाँकेमा १७१, कपिलवस्तुमा १०९, रुपन्देहीमा ४५ दाङमा २२ बर्दियामा १० नवलपरासी वर्दघाट सूस्ता पश्चिममा ५, गुल्मीमा ४ तथा अर्घाखाँची र रुकुम पूर्वमा ३/३ नजा संक्रमित भएको स्वास्थ्य निर्देशनालय प्रदेश ५ को तथ्यांकमा उल्लेख छ।

यता प्रदेशमा कोरोना भाइरसकै कारण तीन जनाको मृत्यु भएको छ। पछिल्लो पटक अर्घाखाँची जिल्लाका एक जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको हो।

भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा पारी मृत्यु भएको थियो। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षका उनको मृत्यु भएसँगै उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि गुल्मीका एक जना र बाँकेका एक जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell