PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आइइएलटीएस र टोफेलको परीक्षा दिनेलाई कर थपियो, विदेश पढ्न जानेको बढ्यो खर्च



पहिलोपोस्ट

आइइएलटीएस र टोफेलको परीक्षा दिनेलाई कर थपियो, विदेश पढ्न जानेको बढ्यो खर्च

काठमाडौं : विदेशमा पढ्न जाने तयारी गर्नेहरुले अब थप रकम जोहो गर्नुपर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले विदेश पढ्न जानेका लागि थप कर लगाएको हो।

अबदेखि विदेशमा पढ्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्कवापत् विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैंकहरुले सटही सुविधा दिएवापत् उनीहरुसँग १५ प्रतिशत कर कट्टी गर्नुपर्ने छ।

यसको अर्थ हो, बाहिर जानका लागि आइइएलटीएस र टोफेललगायतका परीक्षामा तिर्नुपर्ने दस्तुर (जुन विदेशी मुद्रामा हुन्छ) मा १५ प्रतिशत कर लाग्ने छ। यसले बाहिर जानलाई निरुत्साहित गरेको छ।

अर्कोतिर, बैंकहरुले विदेशबाट ल्याएको पैसाको ब्याज भुक्तानीमा लाग्ने कर घटेको छ। बैंकहरुले मागेजति कर छुट नभए पनि सरकारले ५ प्रतिशत बिन्दु कम गरिदिएको छ।

बैंकहरुले राष्ट्र बैंकको स्वीकृतिमा नेपालमा लगानी गर्न विभिन्न विदेशी संस्था तथा बैंकहरुबाट ऋण लिँदै आएका थिए। गत वर्षदेखि यसरी पैसा ल्याउने क्रम बढेको थियो।

उनीहरुले यहाँ लगानी गरेवापत ब्याज आम्दानी गर्दैथिए। त्यसमा १५ प्रतिशत कर तिरेपछि मात्र पैसा लैजान पाउँथे। यो १५ प्रतिशतको करलाई सरकारले १० प्रतिशतमा झारिदिएको हो।

बैंकहरुले सकभर शून्य नभए पनि ५ प्रतिशतमा झार्नुपर्ने बताएका थिए।

कोभिड-१९ को संक्रमण रोकथाम तथा राहत कोषमा गरेको सहयोगलाई अबदेखि खर्चमा देखाउन पाइने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell