PahiloPost

Jul 15, 2020 | ३१ असार २०७७

उच्चस्तरीय समितिको बैठक बस्दैः विदेशमा अलपत्र नेपालीहरूलाई ल्याउने विषयमा छलफल



पहिलोपोस्ट

उच्चस्तरीय समितिको बैठक बस्दैः विदेशमा अलपत्र नेपालीहरूलाई ल्याउने विषयमा छलफल

काठमाडौँ : कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक आज बस्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय दिउँसो २ बजे बैठक बोलाइएको छ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बैठकमा कोरोनाका विषयमा र विदेशबाट नेपालीहरूलाई फिर्ता गर्ने विषयमा छलफल हुने जानकारी दिए।

उनले भने, ' बैठक कोरोनाकै विषयमा छलफल गर्न हो। विदेशमा अलपत्र रहेका नेपालीहरूलाई कसरी फिर्ता ल्याउने भन्ने विषयमा कुरा हुन्छ।

सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउने बारेमा तयारी गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन विदेशमा रहेका नेपाली फर्काउने जानकारी दिएका थिए। चरणबद्ध रूपमा नेपालीहरूलाई फर्काउने सरकारको तयारी छ।

त्यस्तै बैठकलले लकडाउनको विषयमा समेत छलफल हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell