PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

भारतको माथिल्लो सदनमा देखियो कोरोना, सचिवालयको भाग सिल



पहिलोपोस्ट

भारतको माथिल्लो सदनमा देखियो कोरोना, सचिवालयको भाग सिल

भारतको माथिल्लो सदन राज्यसभामा कोरोना भाइरस प्रवेश गरेको छ।

राज्यसभा सचिवालयका सदस्यमा कोरोना भाइरसको संक्रमण पाइएको समाचार संस्था एएनआईले जनाएको छ। कोरोना पोजेटिभ देखिएपछि राज्यसभा सचिवालयको एक भाग सिल गरिएको छ।

संसद भवनमा पनि उच्च सतर्कता अपनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतमा कोरोना संक्रमितको संख्या एक लाख ६५ हजार पुगेको छ। ४ हजार ७०६ जनाको मृत्यु भएको छ। ७१ हजार १०६ जना स्वस्थ भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell