PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्याल समात्न पासो थाप्दा पर्‍यो चितुवा, चिडियाखानामा राख्ने ठाउँ नभएकाले उद्दारपछि वनमै छोडिँदै

स्याल समात्न पासो थाप्दा पर्‍यो चितुवा, चिडियाखानामा राख्ने ठाउँ नभएकाले उद्दारपछि वनमै छोडिँदै

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सधैं स्यालले कुखुरा थुतेर लैजान थालेपछि हैरान बनेका कीर्तिपूर मच्छेगाउँमा स्थानीयले पासो नै थाप्न थाले।

स्याल समात्न थापेको पासोमा एकदिन चितुवा आउला भन्ने के थाहा? तर भयो त्यस्तै। हिजो राति थापेको पासोमा स्याल पर्‍यो भन्दै बाहिर निस्केर हेरेका थिए, त्यहाँ त चितुवा पो रहेछ।

लकडाउन बढ्दै जाँदा कीर्तिपुर आसपास चितुवाको आतंक नै बढ्दै आएको छ। कीर्तिपुरको टीयू गेट देखिनै चितुवाहरु देखिन थालेका थिए। त्यसैले मच्छेगाउँमा स्यालका ठाउँमा चितुवा समातिनु ठूलो कुरा भएन।

चितुवा पासोमा परेपछि स्थानीयहरुले चिडियाखानालाई खबर गरे। त्यहाँबाट मानिसहरु गएपछि चितुवालाई लठ्याउने सुई दिए। र लिएर हिँडे।

तर, चिडियाखानामा चितुवा राख्ने ठाउँ छैन। त्यसैले उनीहरुले जंगलमा नै लगेर छाड्ने बताएका छन्। उनीहरुले उपत्यका बाहिरको कुनै वन्यजन्तु आरक्षमा चितुवालाई पुर्‍याउने जनाएका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell