PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पछिल्लो २४ घन्टामा प्रदेश २ मा मात्रै ९६ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

पछिल्लो २४ घन्टामा प्रदेश २ मा मात्रै ९६ जनामा संक्रमण पुष्टि

काठमाडौं : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यससँगै प्रदेशमा चार सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयलले जनाएको छ।

सप्तरीमा ५ जना धनुषा जिल्लामा एक जना सर्लाहीमा ४ जना रौतहट जिल्लामा ७३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बारा जिल्लामा चार जना र पर्सा जिल्लामा ५ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिए।

संक्रमितमध्ये राजविराज नगरपालिकामा पाँच जना रहेको उनले जानकारी दिए। धनुषाको खजुरी क्वारेन्टाइनमा रहेकी ५० वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यस्तै, सर्लाहीको कौडेना गाउँपालिकामा २ जना पुरुष र मलंगहवाका एक पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको छ। 

रौतहतको राजपुर नगरपालिकाका ५० जनामा पुरुषमा संक्रमण पुष्टि भएको छ। रौतहटको मौलापुरमा ६ जनामा कृष्णनाथ मा १३ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell