PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हिजो बौद्धमा किन भएको थियो झडप ?



पहिलोपोस्ट

हिजो बौद्धमा किन भएको थियो झडप ?

काठमाडौँ : बिहीवार बौद्धको सिमलटारमा कोरोना परीक्षणको क्रममा झडप भएको छ। झडपका क्रममा केही मानिस सामान्य घाइते भएका छन्। अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मानिसलेहरुले कुर्सी कुर्सीले हानेको देखिएको छ। त्यस्तै पीपीई लगाएका चिकित्सकहरू समेत भागाभाग गरेका छन्।

आखिर भएको के थियो?

बिहीवार हुम्लाका सांसद छक्कबहादुर लामाले लकडाउनका समयमा काठमाडौँभित्र अलपत्र परेका आफ्ना नागरिकलाई गाउँ लिएर जाने योजना बनाए। तर, जिल्ला प्रशासन कार्यालयले पीसीआर परीक्षण नगराई कसैलाई पनि गाउँमा आउन नदिने निर्णय गरेपछि सांसद लामाले त्यसको व्यवस्था मिलाए।

'एक जना चिकित्सकलाई भनेर पीसीआरको व्यवस्था मिलाएको थिए। अलपत्र परेका मानिसलाई गाउँमा लग्नुपर्‍यो भनेर,' सांसद लामाले भने।

बौद्धको गुम्बा लगायत अन्य ठाउँमा बस्दै आएका हुम्लावसीलाई पत्राचार गरेर परीक्षणका लागि डाकिएको थियो। ५ सयको पीसीआर गर्ने गरी सामाग्री लिएर सांसद लामा बिहीवार बौद्ध पुगे। परीक्षण गर्न थालेपछि त्यहाँ ५ सय होइन, सङ्ख्या १५ सय बढी नाघ्यो। कसलाई परीक्षण गर्ने नगर्ने विवाद भयो। त्यही क्रममा आक्रोशित समूह झडपमा उत्रियो।

'म त्यहीँ भएको समयमा केही भएको थिएन। तर संसदमा आउनु परेकाले म हिँडे त्यसपछि झडप भएछ। आतङ्क फैलाउन अरू मानिस थपिएछन्,' सांसद लामाले भने।

झडप भएपछि स्थानीय र प्रहरीले घटना सामान्य बनाएको थियो।

'कोरोना परीक्षण गर्ने विषयमा झडप भएको रहेछ। मानिसको सङख्या बढी परीक्षण गर्ने  कम भएपछि विवाद भएको देखियो,' महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell