PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोरोना संक्रमित संख्या १२ सय पार, लगातार तेस्रो दिन थपिए सयभन्दा बढी संक्रमित



पहिलोपोस्ट

कोरोना संक्रमित संख्या १२ सय पार, लगातार तेस्रो दिन थपिए सयभन्दा बढी संक्रमित

काठमाडौं : आज १ सय ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा संक्रमितहरुको संख्या १२ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

एकै दिन सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार तेस्रो दिन बनेको छ।

हिजो एकै दिन १ सय ५६ जना नयाँ संक्रमित थपिएका थिए। नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १ हजार पार भएको थियो।

हिजो साँझ ८:०८ बजे स्वास्थ्य मन्त्रालयले गरेको गरेको अपडेट अनुसार १ हजार ४२ जना संक्रमित थिए।

दुई दिन अघि १ सय ४ जना संक्रमित भेटिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell