PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

झापाको कचनकवल गाउँपालिकामा थपिए २४ जना



पहिलोपोस्ट

झापाको कचनकवल गाउँपालिकामा थपिए २४ जना

काठमाडौँ : आज पनि झापाको कचनकवल गाउँपालिकामा २४ नयाँ कोरोना संक्रमित थपिएका छन्। कोसी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण देखिएको हो। प्रदेश नम्बर १ मा सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएको गाउँपालिका हो कचनकवल।

यससँगै अहिलेसम्म कचनकवलमा मात्रै ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ। बिहीवार मात्र २५ जना भारतको मुम्बई र दिल्लीबाट आएका युवामा संक्रमण देखिएको थियो।

अहिले पनि भारतबाट गाउँ फर्किने युवाहरूको सङ्ख्या उत्तिकै छ। दैनिक १०/१२ जना युवा भारतबाट गाउँ आउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell