PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतसँग वार्ताका लागि औपचारिक मिति र मोडालिटीको पर्खाइमा छौं :  मन्त्री ज्ञवाली



पहिलोपोस्ट

भारतसँग वार्ताका लागि औपचारिक मिति र मोडालिटीको पर्खाइमा छौं :  मन्त्री ज्ञवाली
फाइल फोटो।

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विवादबारे भारतसँग वार्ताका लागि औपचारिक मिति र मोडालिटीको पर्खाइमा रहको बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा मन्त्री ज्ञवालीले वार्ताको माध्यमबाटै सीमा समाधान गर्न औपचारिक मिति र मोडालिटी तय भइनसकेकोले त्यसको पर्खाइमा रहेको बताएका हुन्।

सरकारले भूमि फिर्ता गर्ने गरी नै वार्ताको तयारी गरेको समेत मन्त्री ज्ञवालीले बताए। उनले सिंगो देश एकताबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिरहेको र त्यसमा शंका नगर्न सांसदहरुलाई आग्रह गरे।

‘हामी हरबखत वार्ताबाटै समस्या समाधानका लागि प्रयत्नहरु गरिराखेका छौं। अहिले औपचारिक वार्ताको ठोस् मिति वा मोडालिटी तय भइसकेको अवस्था छैन। हामी निरन्तर टचमा छौं’, उनले भने, ‘भूमि फिर्ता गर्ने गरी नै हामीले यी सबै कुराहरु गरेका हौं। वार्ता हामी गर्छौँ, प्रतिक्षा गरिरहेका छौँ वार्ताको औपचारिक डेटको।’

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो।

भारतले नेपालको नक्सा स्वीकार्य नहुने बताएको छ। भारतले कुटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिलेसम्म कुनै मिति र मोडालिटी तय गरिसकेको छैन। कोरोना भाइरसलाई कारण देखाउँदै भारत पछि हटिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell