PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

जीर्णोद्धार हुँदै न्यातापोल

जीर्णोद्धार हुँदै न्यातापोल

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरको टौमढी स्थित न्यातापोल (ङातापोल) मन्दिर जीर्णोद्धारको काम भइरहेको छ। २०७२ सालको भूकम्पमा क्षति पुगेको मन्दिर जीर्णोद्धारको काम गत वर्षको मंसिर महिनादेखि सुरु भएको थियो। 

मन्दिर जीर्णोद्धारको काममा लकडाउनले केही समय असर पारेपनि हाल भने दैनिक रुपमा काम भइरहेको छ।

माथिल्लो तल्लाबाट मन्दिर जीर्णोद्धारको काम सुरु भएको थियो। हाल माथिल्लो तल्लाको जीर्णोद्धार सकिएर गजुर समेत राखिको छ।

भक्तपुर नगरपालिकाको अगुवाईमा भइरहेको जीर्णोद्धारको कामका लागि नगरपालिकाले ६५ लाख १३ हजार ३ सय ५८ रुपैयाँ छुट्याएको छ।

मन्दिरको निर्माण पुरानै शैलीमा मौलिक तरिकाले भइरहेको नगरपालिकाले जनाएको छ।

ङातापोल मन्दिर नेपाल संवत ८२२ मा राजा भूपतिन्द्र मल्लको पालामा निर्माण भएको हो। उक्त मन्दिर तान्त्रिक विधिले ६ महिनामा निर्माण भएको कथन छ।



ट्रेन्डिङ पोस्ट

Ncell