PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विश्व स्वास्थ्य संगठनसँग नाता तोड्ने, चीनमाथि प्रतिबन्ध लगाउने ट्रम्पको उद्‍घोष



पहिलोपोस्ट

विश्व स्वास्थ्य संगठनसँग नाता तोड्ने, चीनमाथि प्रतिबन्ध लगाउने ट्रम्पको उद्‍घोष

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध खारेज गर्ने जनाएका छन्। साथै हङ्कङ तथा कोरोना भाइरस पेन्डामिकको विषयलाई लिएर चीनामाथि प्रतिवन्ध लगाउने समेत उल्लेख गरे।

ह्वाइट हाउसमा टेलिप्रम्पटरबाट वक्तव्य पढ्दै ट्रम्पले अमेरिका अध्ययन गरिरहेका चिनियाँ अनुसन्धानकर्तालाई निषेध गर्ने जनाएका छन्। अमेरिकी सुरक्षामा उनीहरु चुनौती हुने ट्रम्पको दावी छ। साथै उनले अमेरिकी स्टक एक्स्चेन्जमा दर्ता भएका चिनियाँ कम्पनीहरुविरुद्ध पनि अभिव्यक्ति दिएका छन्।

हङ्कङलाई दिँदै आएको ट्रेड एन्ड ट्राभल सहुलियत पनि खारेज गर्ने निर्णय ट्रम्पले सुनाएका छन्। बेइजिङप्रति आक्रोशित देखिएका ट्रम्पले यस्तो अभिव्यक्ति दिँदै चीनलाई अमेरिकाविरुद्ध संक्रिय हुन पूर्व राष्ट्रपतिहरु र अमेरिकी प्रशासकले साथ दिएको समेत आक्षेप लगाएका छन्। उनले त्यसलाई सह्य हुन नसक्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले कुनै प्रश्न लिएनन् र वक्तव्य जारी गरेसँगै हिँडिहाले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell