PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

लकडाउन खुलाउँदै पश्चिम वंगाल, श्रमिक स्पेसल रेललाई भनिन् 'कोरोना एक्सप्रेस'



पहिलोपोस्ट

लकडाउन खुलाउँदै पश्चिम वंगाल, श्रमिक स्पेसल रेललाई भनिन् 'कोरोना एक्सप्रेस'

कोलकाता : पश्चिम वंगालका मुख्यमन्त्री ममता बेनर्जीले भारतको रेलबेलाई कोरोना संक्रमण फैलाउन मद्दत गरेको भन्दै आक्षेप लगाएकी छिन्। लकडाउनमा फसेका आप्रवासी मजदूरलाई उनीहरुको घर पठाउन श्रमिक स्पेसल रेल सेवा सुरु गरिएको छ जसलाई ममताले ‘कोरोना एक्सप्रेस’ नाम दिएकी छिन्। वंगालमा कोरोना संक्रमित बढ्नुको मुख्य कारण यही रेल रहेको उनको टिप्पणी छ।

केन्द्र सरकारको निर्णयमाथि कडा रुपमा प्रस्तुत भएकी उनले १ जुनदेखि भने आर्थिक गतिविधि सुधारका लागि लकडाउन खुकुलो पारिने ब्लुप्रिन्ट तयार पारेकी छिन्।

‘रेलबेजले किन सामाजिक दुरी कायम गराउन सकेन?,’ ममताले प्रश्न गरेकी छिन्। एक सिटमा दुई वा तीनजनासम्म खाँदेर यात्रा गराउँदा संक्रमण व्यापक भएको उनको दावी छ।

‘यी रेलहरुले आतंक फैलाउने काम गरेको छ। गाउँलेहरु भन्ने गर्छन् उ कोरोना एक्सप्रेस आउँदैछ, भागौं,’ उनले भनिन्।

ममताले १ जुनदेखि निजी तथा सरकारी कार्यालय खुला हुने जनाएकी छिन्। साथै क्रमश: बजार, धार्मिक आस्थाका केन्द्रहरु खुला गर्दै लैजाने जनाएकी छlन्। तर, शैक्षिक संस्थाहरु भने अझै एक महिना संचालन नहुने उनको ब्लुप्रिन्टमा उल्लेख छ। निजी बसहरुमा २० जनामात्र यात्रु रहनसक्ने गरी यातायातलाई खुला गराउने तयारी गरिएको छ।

बसमा यात्रु सिटबाहेक उभिएर यात्रा निषेध गरिएको छ। कोरोनासँगै अम्फान साइक्लोनबाट पश्चिम वंगाल अत्याधिक प्रभावित छ। १ तारिख देखि पसलहरु खुला हुनेछन्। सडकमा व्यापार गर्ने हकरहरुको स्टल सुरुवात हुनेछ, चिया बगान र जुट मिलमा पूर्ण रुपमा काम सुरु हुनेछ।

जुन ८ देखि सरकारी र निजी कार्यालयलाई पुन: खुला गर्न छुट दिइनेछ तर त्यसमा सावधानी अपनाउनुपर्ने जनाइएको छ। ५० प्रतिशतमात्र सरकारी कर्मचारी कार्यालयमा जाने छन् भने निजीले आफैँ त्यसको निर्धारण गर्न पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell