PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोनाको रफ्तार ब्राजिलमा उस्तै तीब्र, विश्वको ग्राफ ६० लाख



पहिलोपोस्ट

कोरोनाको रफ्तार ब्राजिलमा उस्तै तीब्र, विश्वको ग्राफ ६० लाख

काठमाडौं : विश्वभर कोरोनाबाट करिब ६० लाख मानिस संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको आज बिहान ७:१७ बजेको तथ्याङ्कअनासर ५९ लाख २३ हजार ४ सय ३२ जना कोरोना संक्रमित छन्।

संक्रमणको संख्यामा फराकिलो अन्तर राखेको अमेरिकामा १७ लाख ४५ हजार ९ सय ३० जना संक्रमित पुगेका छन्। कोरोनाको कहर भित्रिसक्दा पनि अमेरिकी सरकारले देखाएको लापर्वाही र आक्षेपको राजनीतिले उसलाई नराम्ररी गाँजेको छ। त्यसको असर हो मृत्यु हुनेको संख्या। अमेरिकामा १ लाख २ हजार ८ सय ८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोनाको रफ्तार ब्राजिलमा पनि उत्तिकै तीब्र गतिमा बढिरहेको छ। त्यहाँ ४ लाख ६५ हजार १ सय ६६ जना संक्रमित पुगेका छन्। गएको साता रसियालाई उछिनेको हो ब्राजिलले संक्रमित संख्यामा। रसियामा ३ लाख ८७हजार ६ सय २३ जनामा संक्रमण देखिएको छ। बेलायतमा २ लाख ७२ हजार ६ सय ७ जनामा संक्रमणदेखिएको छ।

संख्या अधिक भए पनि रसियामा मृत्युदर भने संसारकै कममध्येमा पर्छ। जबकी बेलायतको मृत्युदर उच्च छ। बेलायतमा ३८ हजार २ सय ४३ जनाले ज्यान गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell