PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सचिवालय बैठक आज : नेकपामा बल्झियो लफडा, एमसीसी बन्यो झगडाको बीऊ



पहिलोपोस्ट

सचिवालय बैठक आज : नेकपामा बल्झियो लफडा, एमसीसी बन्यो झगडाको बीऊ

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ९:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

अमेरिकी मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा घुसाइएको भन्दै नेकपामा पुन: विवाद सुरु भएको छ।

बजेटमा लप्सीफेदी-रातामाटे- हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाइने उल्लेख छ।

नीति तथा कार्यक्रममा एमसीसीको कार्यक्रम समावेश गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले आपत्ति जनाउँदै एमसीसी जस्केलाबाट घुसाउन खोजेको हो भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेका थिए।

पार्टीमा विवादित विषय बजेटमा नै समावेश भएकाले त्यसलाई फिर्ता लिनुपर्ने एक सचिवालय सदस्यले बताए। आजको सचिवालय बैठकमा सो विषयमा छलफल हुने उनले जानकारी दिए।

संसदमा टेबुल भएको एमसीसीबारे नेकपामा लामो समयदेखि विवाद छ। नेकपा अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन छलफल नभएको भन्दै नेताहरुले आपत्ति जनाउँदै आएका छन्। एमसीसीबारे छलफल गर्न स्थायी कमिटी बैठक राख्नुपर्ने कार्यदलका संयोजक झलनाथ खनाल बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell